
गोरखामा कोरोना निको हुन बाँकी एकजना, १६६ जनाको रिपोर्ट आउन बाँकी
गोरखामा हाल सक्रिय संक्रमित जम्मा एकजना रहेका छन् ।
पालुङ्टार ४ का एक पुरुष मात्र गोरखा क्याम्पसको आइसोलेशनमा रहेको गोरखा अस्पतालले जनाएको छ ।
उनको स्वास्थ्य अबस्था पनि राम्रो रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
उनको स्वाब परीक्षणका लागि शनिबार पठाइएको छ । रिपोर्ट नेगेटिभ आएपछि करिब दुई दिनपछि उनी पनि डिस्चार्ज हुने ढकालले बताए ।
स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको तर रिपोर्ट नआएकाको संख्या भने एकसय ६६ रहेको छ ।
हालसम्म तीनहजार छसय ११ वटा स्वाब पठाइएकोमा एकसय २० जनाको पोजेटिभ आएको र बाँकी तीनहजार चारसय ९१ जनाको नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




