| आइतवार, कार्तिक २२, २०८३

राष्ट्रिय झण्डा जलाउने ४ पक्राउ, ६ जनाको खोजी गर्दै प्रहरी

म्युजिक भिडिओमा राष्ट्रिय झन्डा जलाउने समूहका चार सदस्य पक्राउ परेका छन्।

भदौ १ गते अपलोड गरिएको उक्त भिडिओ भाइरल भएपछि मंगलबार दिनभरि अपरेसनमा जुटेको महानगरीय अपराध महाशाखाले चार जना पक्राउ परिसकेको बतायो।

अन्य ६ जना व्यक्तिहरूको पहिचान भइसकेको र खोजी तीब्र पारिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताए।

 

प्रतिक्रिया दिनुहोस्