
राष्ट्रकवि माधव घिमिरे हामी सामु रहेनन्
राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा आज निधन भएको छ ।
राष्ट्रकवि घिमिरेको निधन भएको उनकी छोरी डा. किरण रेग्मीले संचार माध्यामलाई जानकारी दिईन ।
राष्ट्रकवि घिमिरेको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् ।
उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।




