| आइतवार, कार्तिक २२, २०८३

पहिरोको जोखिममा रुञ्चेत गाउँ, ४० घर बिस्थापित, भीरकुनाको पाँच घर पनि जोखिममा

 

शनिबारको पहिरोले गोरखाको धार्चे गाउँपालिका २ रुञ्चेत गाउँ जोखिममा परेको छ । गाउँमाथिबाट झरेको पहिरोले ४० घरधुरीका बासिन्दा बिस्थापित भएका स्थानीय राम गुरुङले जानकारी दिए ।

दुईसय ८० घरधुरी रहेको रुञ्चेत गाउँ भन्दा माथि ठूलो ढुंगा अड्केर बसेको गुरुङले बताए । ‘हिजो साँझतिर गाउँमाथिबाट झरेको ठूलो पहिरो घरभन्दा २० मिटर नजिक आइसकेको छ ।

एउटा ठूलो ढुंगा पहिरोमा अड्केर बसेको छ’, उनले भने, ‘रातभरि पनि पानी प¥यो । फेरि पहिरो आयो भने पहिरोले पुर्छ भनेर गाउँलेहरु राती तल्लो टोलमा सरेर सुतेका छौं ।’ पहिरो नियन्त्रणका लागि उनले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

गाउँको मा‘समयमै पहिरो नियन्त्रण गर्न सकिएन भने सिन्धुपाल्चोकमा जस्तो दुर्घटना हुनेछ’, उनले भने, ‘त्यसैले स्थानीय सरकारले यसमा ध्यान पु¥याउनु पर्छ ।’


गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङका अनुसार शनिबारकै पहिरोले वडा नं. ७, भीरकुनाको पाँच घर पनि जोखिममा पारेको छ । वडा नं. ४ को नाङपुहाङको दुईवटा जलविद्युत आयोजना पूर्ण क्षति गराएको उनले बताए । ‘२५ किलोवाटका दुईवटा जलद्यिुत आयोजना क्षतिग्रस्त बनाएको छ’, उनले भने ।

तस्वीर :  राम गुरुङ ।

प्रतिक्रिया दिनुहोस्