| आइतवार, कार्तिक २२, २०८३

शहिदलखनका दुई फरार प्रतिवादी पक्राउ

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर २ बाट प्रहरीले दुई जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

चोरी मुद्धामा कैद सजायाँ तोकिएका तर भुक्तान गर्न बाँकी रहेका कृष्ण भन्ने सुर्य परियार र अनिल रानालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

परियारलाई अदालतले नौ दिन र रानालाई २७ दिन कैद सजायाँ तोकेको थियो ।

साउन यता प्रहरीले बिभिन्न सयमा गोरखा जिल्ला अदालतबाट सजायाँ तोकिएका तर फरार रहेका १४ जना प्रतिवादीहरुलाई पक्राउ गरिसकेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई आफुले तिब्रता दिएको एसपी गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्