| आइतवार, कार्तिक २२, २०८३

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

गोरखा जिल्ला अदालतबाट एक महिना ८ दिन कैद सजायाँ तोकिएका तर फरार रहेका प्रतिवादी बारपाक सुलिकोट गाउँपालिका ५ का रंजित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्धा लागेका २८ वर्षिय गुरुङलाई कैद सँगै दुई हजार जरिवानाको फैसला जिल्ला अदालतले गरेको थियो ।
सजायाँ तोकिएपछि फारर रहेका गुरुङलाई गोरखा प्रहरीले आईतवार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए ।

गोरखा प्रहरीले साउन यता ८ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले फरार प्रतिवादी पक्राउ गर्ने अभियान निरन्तर चलिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्