| आइतवार, कार्तिक २२, २०८३

बिना मास्क हिड्नेलाई रोटरी क्लवद्वारा मास्क वितरण

 

गोरखा बजारमा बिना मास्क हिड्नेलाई रोटरी क्लव अफ गोरखाले मास्क वितरण गरेको छ ।

मास्क लगाउने बानी विकास गर्नका लागि मास्क वितरण गरिएको क्लवका अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए ।

बिहान दसबजेदेखि वितरण गर्न थालिएको उनले बताए ।

बालबालिका, वृद्धवृद्धा, युवायुवती सबै उमेर समूहका यात्रुहरुलाई मास्क वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्