
बाह«किलोमा ट्याक्टर र मोटरसाईकल ठोक्किँदा एक घाईते
गोरखा नगरपालिका वडा नम्बर ११ स्थित आँबुखैरनी–गोरखा सडक खण्डको बाह«किलोमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जना घाईते भएका छन् । गोरखा तर्फ आउँदै गरेको ग १ त ४६२३ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट जाँदै गरेको ग ७ प ६५११ नम्बरको मोटरसाईकल ठोक्किएको हो । दुर्घटनामा मोटरसाईकल चालक गोरखा नगरपालिका १२ का कृष्ण अर्याल घाईते भएका छन् । उनको खुट्टामा चोट लगेको र उपचार भईरहेको ट्राफिक प्रहरीले जनाएको छ ।




