| आइतवार, कार्तिक २२, २०८३

बग्न थाल्यो, नौलीखोला

 

गएरातीदेखि थुनिएको नौलीखोलाको तालबाट सोमबार बिहान पानी बग्न थालेको छ । थुनिएको तालको पानी बिहान नौबजेदेखि खुल्न थालेको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए ।

‘ताल खोलिएको त छैन, तर ताल माथिबाट नाघेर पानी बग्न सुरु गर्यो’, उनले भने, ‘अब त स्थानीयबासीलाई अलिअलि राहत महसुस भएको छ ।’ घटनास्थल आएका माछाखोला चौकीका प्रहरीहरु पनि फर्केका उनले बताए ।

यसअघि चिङ्गारको पहिरोले गएराती ११ बजेदेखि नौलीखोला थुनिएको थियो । खोला थुनिएपछि आसपासका बासिन्दा सुरक्षित स्थल खोज्दै बिभिन्न ठाउँतर्फ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्