
वर्षातले दरौँदीमा तटबन्ध भत्कायो
दराैँदी समाचारदाताः नदी आसपासका खेत जोगाउन दरौँदी नदीमा लगाइएको तटबन्ध भत्किएको छ नयाँ सँघु, चोरकाटे देखि दशकिलो लगायतका ठाउँमा तटबन्ध भत्किएको हो । चौधविशे फाँट लामगरा, खत्रिबेसी फाँट, झोलुङ्गे फाँट, बोहोराबेसी फाँट, जरेबरमा यस अघि निर्माण गरिएको बाँध भत्किएको लामगरा चौधविशेफाँटमा खेत भएका किसान रुपलाल कुमालले बताए ।
‘खेत जोगाउन लगाएको तटबन्द भत्काएर खेत खोलाले लैजाने भयो, हाम्रो त यहाँ भोकमरी लाग्न सक्छ ।’ दरौँदी नदी आसपासका सयौँ हेक्टर खेत तटबन्धका कारण जोगिएको छ । दुई दशक यताकै ठुलो बाढी अहिले आएको दरौँदी आसपासका किसानले बताएका छन् । शनिवारदेखि सुरु भएको वर्षात मंगलवार सम्म पनि रोकिएको छैन ।
सिंचाई डिभिजन कार्यालयले नदी नियन्त्राका लागि लामो समय देखि तारजारी लगाउने, तटबन्ध गर्ने गर्दै आएको थियो । ‘गत वर्ष गरेको तटबन्धमा पनि क्षती पुगेको छ, धेरै खेतमा पानी पसेको गुनासो किसानले गरेका छन्’ डिभिजन प्रमुख रमेशराज शर्माले भने ।




