| आइतवार, कार्तिक २२, २०८३

गोनपा ९ मा ६ घर पहिरोको जोखिममा, स्थानीयले खाद्यान्न सार्न थाले

गोरखा नगरपालिका ९ टक्सारमा पहिरोका कारण छ घर जोखिममा परेको छ । स्थानीय चिजकुमारी थापा पुलामी, जेनिस थापा पुलामी, केशव थापा पुलामी, अशोक थापा पुलामी, इश्वर पुलामी मगर, किरण थापा पुलामीको घर जोखिममा परेको स्थानीय राजकुमार थापा पुलामी मगरले बताए । घर जोखिममा परेपछि स्थानीयले खाद्यान्न झिकेर छिमेकीको घरमा सार्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्