
पहिरोले पुरिएर गोरखामा एक महिलाको मृत्यू, बिभिन्न ठाउँका चार घर पुरिए
पहिरोले पुरिएर गोरखामा एक महिलाको मृत्यू भएको छ । गण्डकी गाउँपालिका ४, फुजेल कौदीकी एक महिलाको सोमबार दिउसो साँढे बाह्रबजेतिर पुरिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
बाख्राको खोरसँगै झरेको पहिरोले बगाएर ३६ बर्षकी लक्ष्मी गुरुङको मृत्यू भएको स्थानीय कृष्ण दवाडीले जानकारी दिए । खोरमा रहेका आठ वटा बाख्रा पनि पुरिएर मरेको उनले बताए ।
घटनास्थलतर्फ प्रहरी गइरहेको तर पुग्न नसकेको प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
त्यस्तै बारपाक सुलीकोट गाउँपालिका ४ नालपाङ जौबारीका काम गुरुङ र बिसन गुरुङको घर पनि पहिरोले बगाएको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।
अजीरकोट गाउँपालिका ४ माउसुलीपाखाका रामबहादुर मगरको घर पनि पहिरोले बगाएको स्थानीय लालबहादुर गुरुङले जानकारी दिए ।
त्यस्तै गोरखा नगरपालिका १३ तीनकिलोका भीमबहादुर मगरको घर पुरेको स्थानीय देवे गुरुङले जानकारी दिए ।
बिभिन्न ठाउँमा झरेको पहिरोले पुरेर आँबुखैरेनी गोरखा सडक सोमबार दिनभर अबरुद्ध रहेको पनि प्रहरीले जनाएको छ ।
क्याप्सन ः पहिरोले पुरेको गोरखा नगरपालिका १३ तीनकिलोको भीमबहादुर मगरको घर ।
२. पहिरोको जोखिममा रहेको गोरखा नगरपालिका १३ अँबुवाको एक घर ।
३.
तस्वीर ः शिव उप्रेती




