| आइतवार, कार्तिक २२, २०८३

गोरखा –आँबुखैरेनी सडक एकतर्फी खुल्यो

गोरखा नगरपालिका वडा नम्बर १२ सातकिलोमा पहिरोका कारण अवरुद्ध गोरखा–आँबुखैरेनी सडक एकतर्फी खुलेको छ । बिहानदेखि सडकमा खसेको करिब ५० मिटर लामो पहिरो पन्छाएर एकतर्फी गाडी सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए ।
गएरातीको वर्षात सँगै सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि गोरखा भित्रने र गोरखा भएर बाहिर जाने सवारी साधन पहिरोका कारण रोकिएका थिए । साँझ सम्म दुबैतर्फी सडक खुलाउने गरी काम भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्