| आइतवार, कार्तिक २२, २०८३

संगै बस्ने श्रीमानमा कोरोना पोजेटिभ, श्रीमतीमा नेगेटिभ

 

बिगत दुईसातादेखि एउटै क्वारेण्टाइनको एउटै कोठामा बस्दै आएका एक दम्पत्तिमध्य श्रीमानको कोरोना पोजेटिभ आएको छ ।

श्रीमतीको नेगेटिभ आएको छ । अजीरकोट गाउँपालिका ३ को ज्ञानज्योति मावि क्वारेण्टाइनमा गत असार नौ गतेदेखि संगै बस्दै आएका दम्पत्तिमा फरक फरक रिपोर्ट आएको हो ।

भारतीय सेनामा कार्यरत २२ बर्षका श्रीमानको बुधबार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनकी श्रीमतीको मंगलबार रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए ।

उनीहरु चितवनमा डेरा गरी बस्ने गरेका थिए ।

त्यस्तै बुधबार भीमसेन थापा गाउँपालिका ३ तान्द्राङका अर्का एकजनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

गत असार नौ गते कतारबाट आई सरस्वती प्रावि क्वारेण्टाइनमा बसेका ३० बर्षका उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्