| आइतवार, कार्तिक २२, २०८३

बारपाक सुलीकोटका जनप्रतिनिधि र कर्मचारीसहित ९९ जना क्वारेण्टाइनमा

एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, कर्मचारीसहित ९९ जना क्वारेण्टाइनमा बसेका छन् ।

गाउँ कार्यपालिकाको कार्यालयमा २२ जना, शैलपुत्री माविको क्वारेण्टाइनमा १४ जना र उपाध्यक्षसहित अरु होम क्वारेण्टाइनमा बसेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीसहित २२ जना गाउँ कार्यपालिकाको कार्यालयमा क्वारेण्टाइनमा रहेका हुन् ।

स्तै शैलपुत्री माविको क्वारेण्टाइनमा वडा नं. ७ र ८ का वडाअध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्य चौकी इन्चार्जसहित १४ जना बसेको उनले बताए ।

गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार त्यहाँका ९९ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्