| आइतवार, कार्तिक २२, २०८३

पानी प्रतिजार रु ५० र प्रतिबोत्तलको रु १६ भन्दा बढिमा बेचे पसल ‘सील’ गरिने

प्रशोधित पानी प्रतिजार ५० रुपैयाँ र प्रति बोत्तल १६ रुपैयाँमा किनबेच गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराले निर्देशन गरेको छ ।

बिहिबार गोरखा बजारको अनुगमनको क्रममा प्रशोधित पानी अत्याधिक मूल्य बढाएर बेचेको पाइएकाले अनुगमन टोलीले मूल्य नबढाउन निर्देशन गरेको हो ।

मूल्य बढि लिएको पाइएमा पहिलो चोटी सचेत गराइने, दोस्रो पटक पनि मूल्य बढाएको पाइए रु २० हजार रुपैयाँ जरिबाना गर्ने र तेस्रो पटक पनि बढाएको भेटेमा पसल सील गर्ने निर्देशनालयले जनाएको छ ।

‘नेपाल बोत्तल वाटर उद्योग संघसँगको सहमतिमा गत मङ्सीर २० गतेदेखि लागु हुने गरी पानीको कम्पनी मूल्य र उपभोक्ता मूल्य कायम भएको छ’, घरेलु तथा साना उद्योग विकास कार्यालय गोरखाका प्रमुख दिनेश पौडेलले भने, ‘आज अनुगमनको क्रममा त्यो लागु भएको पाइएन । त्यसैले पानीको निर्धारित मूल्यमा बिक्री गर्न आग्रह गरिएको छ । अटेरी गरे कारबाही हुनेछ ।’ निर्धारित मूल्यमा पानी बिक्री भए नभएको बुझ्न नियमित रुपमा बजार अनुगमन गरिने उनले बताए ।

गोरखामा प्रशोधित पानी प्रतिजार रु ७५ र प्रतिबोत्तल रु २० मा बिक्री हुने गरेको छ । मूल्य बढाएर बेचेमा कालोबजारी ऐन अन्तर्गत मुद्धा समेत चल्ने व्यवस्था छ ।

गोरखा नगरपालिकाको प्रतिनिधि, उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कमर्शको प्रतिनिधिसहित गरिएको बिहिबारको बजार अनुगमनको क्रममा मूल्यसूची नराखिएको, व्यवसाय दर्ता नवीकरण नभएको, म्याद नाघेका सामानहरु समेत भेटिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्