| आइतवार, कार्तिक २२, २०८३

पहिरोले पालुङटार जोड्ने पुल अवरुद्ध

वर्षात सँगैको पहिरोका कारण गोरखाको पालुङटार नगरपालिका जोड्ने मस्र्याङ्दी नदी माथीको पुल अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका ३ तुरतुरे हुँदै पालुङटार जोड्ने फलामको बेलिब्रिज (पुल)को जिप पहिरिएको हो । पुलको तुरतुरे तर्फको भाग भासिएको छ ।

सवारी आउजाउ गर्न मिल्ने अवस्था नरहेको पालुङटारका आशिष देवकोटाले बताए । नदीमा पानीको वाहव बढेसँगै जिप छेउमा कटानका कारण पहिरो गएको स्थानीयले बताएका छन् । त्यहाँ नजिकै पक्की मोटरेबल पुल निर्माण सुरु भएपनि पुरा भएको छैन । उक्त बेलिब्रिज अवरुद्ध हुँदा पालुङटारका स्थानीयलाई नजिकको बजार तनहुँको डुम्रे हुँदै आउजाउ गर्न समस्या भएको छ ।

-फोटो ः आशिष देवकोटाको फेसबुकबाट ।

प्रतिक्रिया दिनुहोस्