| आइतवार, कार्तिक २२, २०८३

मन्त्रीकै कार्यकक्षमा कुटिए पिए

लघुजलविद्युतको हिसाब माग्दा कुटपिट गरेकोमा आपत्ति

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकमा नंखुखोला लघुजलविद्युत आयोजनाको हिसाब किताब माग्दा नेविसंघ जिल्ला सदस्य रोजन गुरुङ कुटिएको भन्दै नेपाल विद्यार्थी संघ गोरखाले बिरोध जनाएको छ ।

लघु जलविद्युत आयोजनाका पूर्व अध्यक्ष दुलाल गुरुङले १७ लाख रुपैयाँको हिसाब किताब नबुझाएको भन्दै रोजन गुरुङले सार्वजनीक गर्न सोमवार भएको गाउँ भेलामा माग गरेका थिए ।

हिसाब मागेको भन्दै दुलालका छोराहरु मनिन्द्र गुरुङ र असल गुरुङले छलफल गर्न बाहनामा एकान्तमा लगेर कुटपिट गरेको आरोप पिडित पक्षको छ ।

उक्त घटनाको भत्र्सना गर्दै नेविसंघ गोरखाका सचिव मिलनसिंह बस्नेतले मंगलवार विज्ञप्ती जारी गर्दै तत्काल आयोजनाको खर्च बिवरण सार्वजनीक गर्न र राजन गुरुङ, असल गुरुङ र मनिन्द्र गूरुङलाई कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्