| शनिबार, बैशाख ८, २०८१

गोरखाबाट रिहा हुनेबित्तिकै उमा भुजेललाई जिप्रका ललितपुरद्वारा पक्राउ

चार जिल्लाको मुद्धा खेप्दै बुधबार गोरखा आइपुगेकी नेत्रविक्रम चन्द विप्लव समूही केन्द्रीय सदस्य उमा भुजेललाई बिहिबार जिप्रका ललितपुरले पक्राउ गरेको छ ।

जिल्ला अदालत गोरखाबाट पाँच हजार रुपैयाँ धरौटी तिरेर रिहा भएलगत्तै जिप्रका ललितपुरको पुर्जीअनुसार नियन्त्रणमा लिएर पठाइएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्धा खेपी गोरखाबाट रिहा हुनेवित्तिकै उनलाई सोही मुद्धामा जिप्रका ललितपुरको पक्राउ पुर्जी थमाइएको थियो ।

गत पुस १२ गते सुनसरी जिल्लाबाट पक्राउ परेकी उनलाई यसैगरी झापा, धनुषा, कैलाली जिल्ला हुदै गोरखा ल्याइएको हो ।

उनी राजनीतिक गतिविधिमा प्रतिवन्धित विप्लव समूहको मेची–कोशी व्यूरो प्रमुख तथा पोलिटव्यूरो सदस्य हुन् ।

१० बर्षे सशस्त्र विद्रोका बेला २०५७ सालको चैत १७ गते उनको नेतृत्वमा छ जना महिलाहरुले गोरखा जेल ब्रेक गरेर फरार भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्