| बुधबार, असार ३१, २०७७

गोरखा जेलब्रेककी कमाण्डर उमा भुजेल गोरखा प्रहरीको नियन्त्रणमा

 

गोरखा जेलब्रेककी कमाण्डर उमा भुजेललाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको छ । २० बर्षअघि २०५७ चैत १७ गते जेलब्रेक गरेर फरार भएकी नेकपाकी नेतृ भुजेललाई बुधबार बिहान गोरखा ल्याइएको एसपी ओम अधिकारीले जानकारी दिए ।

भुजेललाई सार्वजनिक शान्ति विरुद्धको कसुर शीर्षकमा जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको एसपी अधिकारीले जानकारी दिए । बुधबार बयान सकिए पनि थुनछेक बहस बाँकी रहेकाले नियन्त्रणमै राखिएको जिल्ला अदालतका नायव सुव्वा टेकबहादुर वलीले बताए ।

नेत्रविक्रम चन्द विप्लव समुहकी केन्द्रीय सदस्य तथा मेची कोशी व्युरो इञ्चार्ज भुजेललाई गत पुसको १२ गते सुनसरीको बरोलाबाट प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि बिभिन्न मुद्धामा झापा, धनुषा र कैलाली प्रहरीले नियन्त्रणमा लिदै मंगलबार साँझ गोरखा पठाएको थियो । उनी बुधबार बिहान दुई बजे जिल्ला प्रहरी कार्यालय गोरखा आइपुगेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्