
गोरु काट्ने गोरखा सिरानचोकका शिव नेपाली पक्राउ
गोरु काटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
सिरानचोक गाउँपालिका वडा नं. ३ थानीस्वाँराका शिव नेपालीलाई गोवध गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
गत सोमबार भएको घटनाबारे स्थानीयबासीको सूचनाको आधारमा प्रहरी चौकी हर्मीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको एसपी अधिकारीले बताए । उनले स्थानीय ऋषिराम नेपालीको गोरु गोठबाट पाँचसय मिटर पर खेतमा लगी काटेको सबुत फेला परेको प्रहरीले जनाएको छ ।
नेपालीविरुद्ध गोवध शीर्षकमा मुद्धा दर्ता गरी अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।




