| आइतवार, कार्तिक २२, २०८३

बालयौन दुव्र्यवहार गरेको आरोपमा श्रेष्ठ पक्राउ

गोरखा नगरपालिका १४ की एक बालिकामाथि यौन दुव्र्यबहार गरेको आरोपमा स्थानीय एक पुरुष पक्राउ परेका छन् ।

पसलमा सामान किन्न आएको मौका छोपी आफूले खाइरहेको बिस्कुट खान दिने बहानामा संवेदनशील अंग छोई दुव्र्यबहार गरेको आरोपमा उपल्लो हटिया निबासी ५६ बर्षका गोपीबहादुर श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१४ बर्षकी पिडित बालिकाकी आमाले दिएको जाहेरी दरखास्तको आधारमा आइतबार श्रेष्ठबिरुद्ध बालयौन दुरुपयोग शीर्षकमा मुद्धा दर्ता गी अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्