| आइतवार, कार्तिक २२, २०८३

लकडाउन उल्लंघन गरी पैदल हिड्नेहरु प्रहरीको फन्दामा

 

लकडाउन उल्लंघन गरी यत्रतत्र हिडेको भन्दै प्रहरीले सात यात्रुलाई कारबाही गरेको छ । बिहिबार एकैदिन सातजनालाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिका वडा नं. ७ का बिभिन्न ठाउँमा घुमफिर गरी हिडिरहेका उनीहरुलाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन २०२० बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पेश गरी एकएकसय रुपैयाँ जरिबाना गरी छाडिएको प्रहरीले जनाएको छ ।

साथै उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा कोरोना भाइरस(कोभिड १९) सम्बन्धी सचेतनामुलक अनुशिक्षण प्रदान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्