| आइतवार, कार्तिक २२, २०८३

पटका पड्काउँदा गोरखा बुंकोटका एक युवाको दुई औला चट्

 

पटका पड्काउँदा शहीद लखन गाउँपालिका ७ गरञ्जागाउँका एक युवाको दुईवटा औला चुँडिएको छ ।

बुधबार साँझ पौने सातबजेतिर खेल्ने क्रममा पटका पड्काउँदा २० बर्षका अनील थापाको देब्रे हातको दुई वटा औँला चुँडिएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

तिहारमा पड्काउने उद्देश्यले ल्याएको पटका खेलाँची गरी पड्काउन लाग्दा हातमै पड्किएर औँला चुडिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । गोरखा सदरमुकामको एपोलो अस्पतालमा उनको उपचार भइरहेको श्रेष्ठले जानकारी दिए ।

थप अनुसन्धानका लागि उनको घरमा प्रहरी पठाइएको एसपी अधिकारीले बताए ।

(फाइल फोटो गुगलबाट)

प्रतिक्रिया दिनुहोस्