
चोरकाटेकी बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा मकवानपुरका एक युवा पक्राउ
जबर्जस्ती करणी गरेको अभियोगमा गोरखा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
बिबाह गर्ने भन्दै बिभिन्न प्रलोभन देखाई जबर्जस्ती करण गरेको आरोपमा मकवानपुर नगरपालिकाको थाह नगरपालिका ६ घर भई गोरखा नगरपालिका ७ नयाँबजारमा बस्दै आएका सन्तोष श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।
सिरानचोक गाउँपालिका ४ चोरकाटे निबासी १५ बर्षीया एक बालिकालाई आफ्नो डेरामा लगी जबर्जस्ती करणी गरेको २१ बर्षका श्रेष्ठमाथि आरोप लागेको छ ।
शनिबार पक्राउ परेका श्रेष्ठमाथि जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया सुरु भएको डिएसपी खतिवडाले जानकारी दिए ।




