| आइतवार, कार्तिक २२, २०८३

१८ हजार रुपैयाँ सहित लक्ष्मीबजारबाट तास खेल्ने ५ जना पक्राउ

गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा जुवा खेल्दै गरेको ५ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । लक्ष्मीबजार स्थित गणेश पुडासैनीको घरमा लुकिछिपी तास खेलिरेकाहरुको साथबाट १६ हजार तीन सय २० नेपाली र दुई हजार भारु बरामद गरिएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । लकडाउनको मौका छोपेर जुवातास खेल्नेहरु बढेको गुनासोपछि प्रहरीले सक्रियता बढाएको छ । पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्