| बुधबार, चैत्र २६, २०७६

आँबुखैरेनीको ऐनापहराबाट बस खस्यो, मृतकको संख्या ३ पुग्यो, १२ घाईतेको उद्धार, थप बिवरण आउन बाँकी

पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्यू भएको छ ।

पोखराबाट नेपालगंज जाँदै गरेको ना ५ ख ४२९४ नंबरको बस आइतबार साँझ साँढे छ बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।

उनका अनुसार तीनजनाको शव भेटिएको छ । मृतकको सनाखत भएको छैन । अहिलेसम्म १२ जना घाइतेको उद्धार कार्य जारी रहेको उनले बताए । बस नदीमा नै रहेको, कतिपय घाइते बसले चेपिइरहेको, कोही ढुंगाले चेपिइराखेकाले घाइतेसंख्या यकिन गर्न उनले बताए ।

प्रतिक्रिया दिनुहोस्