| आइतवार, कार्तिक २२, २०८३

भीमसेन ७ डाँडागाउँको एक घरमा आगलागी

दरौँदी समाचारदाताः भीमसेन थापा गाउँपालिका ७ डाँडागाउँको एक घरमा सोमबार आगलागी भएको छ । बोइलर कुखुरा पालेको स्थानीयबासीको टिनले छाएको घर आगलागी हुँदा एकसय वटा कुखुरा, काठ, जस्तापाता, लुगाकपडा गरी करिब तीनलाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको थाहा पाएपछि बोर्लाङ चौकीबाट खटिएका प्रहरीको टोलीले सोमबार साँझ पाँच बजे त्यहाँ पुगेर आगो निभाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्