
गोरखाको सौरपानी जीप दुर्घटनामा ११ जना घाइते, तीन गम्भीर
गोरखाको सौरपानीमा भएको जीप दुर्घटनामा ११ जना घाइते भएका छन् ।
बारपाक सुलीकोट ४ रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान सात बजे छहरेखोलाको भीरबाट खस्दा जीपमा सवार ११ जना घाइते भएका स्थानीय इश्वर ढकालले जानकारी दिएका छन् ।
प्रहरीचौकी सौरपानीका अनुसार बिमला गुरुङ, रमा गुरुङ, वुद्ध गुरुङ, श्रीमान गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ, सनिता गुरुङ, सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र जीप चालक आनन्द गुरुङ घाइते भएका छन् । उनीहरुमध्य बिमला, रमा र क्षेत्रकुमारी र सुकमायाको अबस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकबहादुर बिकले जानकारी दिए ।
प्रहरीका अनुसार छहरे खोलाबाट करिब दुईसय मिटर तल पुगेको छ ।
घटनास्थल गोरखा सदरमुकामबाट ५० किलोमिटर भन्दा टाढा पर्ने भएकाले घाइतेको उद्दारका लागि हेलिकोप्टरको माग भइरहेको तर पाउन नसकिएको स्थानीय इश्वर ढकालले जानकारी दिए ।





