| आइतवार, कार्तिक २२, २०८३

काठ तस्करको आरोपमा दर्बुङका एक पक्राउ

रातीराती काठ तस्करी गर्ने गोरखाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङबाट ट्युबमा काठ राखी त्रिशुली तारेर तस्करी गर्ने गण्डकी गाउँपालिका ५ दर्बुङका पूर्णबहादुर श्रेष्ठलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राती साँढे १२ बजे ट्युबमा राखेर काठ तस्कर गर्दै गर्दा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट छ फिट लम्बाइ भएको आठथान चिरान काठ बरामद गरिएको प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्