
गोरखाको एक सरकारी कार्यालयको मोटरसाइकल सिक्नमा प्रयोग
कार्यालयसम्बन्धी काममा प्रयोग गर्न सरकारी ढुकुटीबाट खरिद गरिएको मोटरसाइकल सिक्ने काममा प्रयोग गर्ने गरेको पाइएको छ ।
गोरखाको एक सरकारी कार्यालयको स्वामित्वमा रहेको ग १ ब ५०१ नम्बरको सेतो नम्बरप्लेटको मोटरसाइकल मंगलबार दिनभरि हरमटारीस्थित रङ्गशालामा सिकिरहेको फेला परेको हो ।
सो मोटरसाइकल कुन सरकारी कार्यालयको हो भन्ने बारे भने खुल्न सकेको छैन ।
सवारी साधन चलाउन प्रतिबन्धित खेलमैदानमा बिना हेलमेट एकजनाले दिनभरि सरकारी मोटरसाइकल सिकेपछि प्रत्यक्षदर्शी स्थानीयबासीले आलोचना गरेका छन् ।
सरकारी काममा प्रयोग गर्नुपर्ने मोटरसाइकल सिक्ने काममा प्रयोग गरिएकाले सरकारी सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही हुनुपर्ने स्थानीयबासीको माग छ ।






