| शुक्रबार, बैशाख ७, २०८१

घर भत्काउने क्रममा गोरखा दलभञ्ज्याङका एक पुरुषको मृत्यू

 

घर भत्काउने क्रममा गोरखामा एक जनाको मृत्यू भएको छ ।

नयाँ घर बनाउनका लागि पुरानो घर भत्काउँदा चेपिएर गोरखा नगरपालिका ९ दलभञ्ज्याङका ५८ बर्षीय रामबहादुर मग्रातीको मृत्यू भएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

‘घर भत्काउने क्रममा स्ल्याबले चेपिएर १२ बजेतिर घाइते भएका रहेछन्’, स्थानीय अमित केशीले भने, ‘गोरखा अस्पतालमा उपचार गरेर थप उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा दिउसो चार बजेतिर मुग्लिन पुगेपछि मृत्यू भएको हो ।’

शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्