| बुधबार, चैत्र २६, २०७६

रामबहादुर महतो बने बेष्ट पुलिस अफ द मन्थ

जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी जवान रामबहादुर महतोलाई ‘बेष्ट पुलिस’ घोषणा गरेको छ ।

ल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुले गत माघ महिनाभरि गरेको कार्यसम्पादनको मूल्याङ्कन गर्दा महतो उत्कृष्ठ घोषित भएका एसपी ओम अधिकारीले जानकारी दिए ।

‘आफ्नो जिम्मेवारी उच्च व्यवसायिक र कुशल ढंगबाट सम्पादन गर्नुका साथै अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा महत्वपूर्ण योगदान दिन सफल भएकाले हामीले उनलाई माघ महिनाको उत्कृष्ठ प्रहरी घोषणा गरेका हौं’, एसपी अधिकारीले भने, ‘सबै प्रहरीमा यस्तै राम्रो काम गर्ने प्रेरणा मिलोस् भनेर हामीले हरेक महिना पुलिस अफ द मन्थ घोषणा गर्ने परम्परा सुरु गरेका छौं ।’

यस अभियानलाई निरन्तरता दिदै जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्