| शुक्रबार, चैत्र १६, २०८०

बलात्कार

जवरजस्ती करणी गर्नखोज्ने दुई जना गोरखाको तान्द्राङबाट पक्राउ

 

जवरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले दुई जनालाई पक्राउ मुद्दा दर्ता गरेको छ ।

गत आइतबार साँझ करिब सात बजे भीमसेनथापा गाउँपालिका ३ की २६ बर्षिया एक महिलालाई जवरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्धा दर्ता गरेको हो ।

रुकुमको चौरजहारी नगरपालिका ६ का २० बर्षीय राज बिक र ३४ बर्षीय प्रेमबहादुर नेपालीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गत ंआइतबार भीमसेनथापा गउँपालिका ३ स्थित एकान्त ठाउँमा जवरजस्ती करणीको प्रयास गरेको उजुरीका आधारमा गत सोमबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरुविरुद्ध मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्