| शनिबार, चैत्र १७, २०८०

आँबुखैरेनीबाट ठूलो परिमाणमा लागु औषधसहित लागुऔषध कारोबारी पक्राउ

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएका प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित लागुऔषधका कारोबारी पक्राउ गरेको छ ।

बुधबार दिउसो एकबजे पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका १ सत्रसयबाट दुई जना लागुऔषध कारोबारी र प्रतिवन्धित लागु औषध नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक वुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

प्रहरी निरक्षक सुवेदीको नेतृत्वको टोलीले डुम्रेतर्फ जाँदै गरेको शंकास्पद ग. १७ प. ३३७२ को स्कुटरलाई रोकी चेकजाँच गर्दा दूधपोखरी गाउँपालिका ६ घर भई हाल सुन्दरबजार नगरपालिका ८ ठाडो लाइन बस्ने ३० बर्षका आइते तामाङ र सुन्दरबजार नगरपालिका ६ तार्कु निबासी २४ बर्षीय सुजन तामाङको साथमा ठूलो परिमाणमा लागु औषध भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट डाईजेपाम थान ५२ थान, नुर्फिन ५१ थान र फेनारगन ५३ थान गरी जम्मा १६६ थान लागू औषध एम्पुल फेला पारेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

उनीहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्