| आइतवार, कार्तिक २२, २०८३

क्रसर बन्द गरेर क्षतिपूर्ति दिए मात्रै शव बुझ्छौँ -मृतक परिवार

गोरखा नगरपालिका १० छेपेटारमा अवैध रुपमा सञ्चालित क्रसर उद्योग परिसरमा टिपरले किचेर मृत्यु भएकी महिलाको आफन्तले क्रसर उद्योग बन्द गराएर उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।  शुक्रबार बिहान दूध बेच्न हिँडेकी स्थानीय ५२ वर्षीया मनमाया तामाङको गोरखकाली क्रसर उद्योगमा टिपरले किचेर मृत्यु भएको थियो ।

टिपरले किचेर तामाङको मृत्यु भएपछि बिरोधमा उत्रिएका आफन्त र स्थानीयले क्रसर बन्द गराएर उचित क्षतिपूर्ति दिए मात्रै मृतको शवको जिम्मा लिने बताएको गोनपा १० का वडा अध्यक्ष देवीबहादुर बस्नेतले जानकारी दिए ।  वडाअध्यक्ष बस्नेतका अनुसार अहिलेसम्म क्रसर उद्योगका सञ्चालक वा प्रतिनिधी घटना स्थलमा पुगेका छैनन् ।

महिलालाई ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो । आक्रोशित स्थतानीयले ठक्कर दिने टिपरमा आगजनी गर्नुका साथै क्रसरभित्र रहेका २० वटा ट्रिपर र छ वटा एक्साभेटरसमेत तोडफोड गरेका प्रहरीले जनाएको छ । हाल आगजनी भएको टिपर र चालकलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका वासुदेव  डिएपी खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्