
८ लाख घुसहित गाउँपालिका अध्यक्ष पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ। जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।




