| आइतवार, असार २८, २०७७

ट्याक्टरको ठक्करबाट भिमसेन थापा गाउँपालिकाका दुई जनाको मृत्यु

दरौँदी समाचारदाता  : ट्याक्टरको ठक्करबाट भिमसेन थापा गाँउपालिकाका दुई युवकको मृत्यु भएको छ । भिमसेन थापा गाउँपालिका ४ का ३५ बर्षिय इन्द्र बहादुर तामाङ र सोही ठाँउका २५ बर्षिय सुगम तामाङको मृत्यु भएको हो ।

बिहिबार साँझ चितवनको राप्ती नगरपालिका ६ हर्दीमा ना ७ ख ४६६० नम्वरको ट्याक्टरले प्रदेश नं ३ र ०२००५ प ४३४७ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घाइते दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

समाचारमा राखिएको फोटो प्रतिकात्मक हो ।

प्रतिक्रिया दिनुहोस्