| आइतवार, कार्तिक २२, २०८३

मानवअधिकार उल्लंघनको घटना अझै पनि नघटेको प्रति अधिकारकर्मीको चिन्ता

अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक गोरखाले जिल्लामा मानवअधिकार उलंघनको घटना नघटेको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल मानव अधिकार वर्षपुस्तक २०२० कालागि संकलित घटनाहरुको समीक्षा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले घटना नघटेको बताए । इन्सेकको अभिलेख अनुसार नागरिक तथा राजनीतिक अधिकार अन्तर्गत राज्य पक्षबाट गिरफतर (सरकारद्घारा प्रतिवन्धित विप्लव समुह) घटना १०, गैरराज्य पक्षबाट शिक्षकमाथि दुब्र्यवहार घटनाका दुई, बालिका माथि वलत्कार बलात्कार प्रयास र यौन दुब्र्यवहारका ११, बलात्कार प्रयासका नौ, वहुविवाहका १३, हत्याका तीन, बाल मजदुर उद्घारको एक गरी ४९ घटना अभिलेखिकरण भएको छ ।

कार्यक्रमका सहभागीले यस्ता घटना न्यूनिकरणका लागि चेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए । ग्रामीण भेगहरुमा पनि चेतनामुलक कार्यक्रम गरे न्यूनिकरण हुने अधिकारकर्मीको सुझाव थियो । बिभिन्न राजनीतिक परिवर्तन हुँदा पनि मानव अधिकार सम्बन्धी घटनामा कमी नआएको कार्यक्रमका बक्ताहरुको टिप्पणी थियो । कार्यक्रममा अधिकारकर्मी यदु अधिकारी, स्थानेश्वर दवाडी, यादव शर्मा, सावित्री भट्ट, सिता राम तिवारी किशोरजंग थापा, भीमलाल श्रेष्ठ लगायतले बिभिन्न धारणा तथा सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्