| आइतवार, कार्तिक २२, २०८३

भरत अम्गाईको शव १३ दिनपछि भेटियो

गोरखाबाट चितवन जन्ती गएका भरत अम्गाईको शव १३ दिनपछि नवरपुरमा भेटिएको छ । नवलपुर जिल्लाको बिनय त्रिवेणी गाउँ पालिकाको नारायणी नदी किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका ६ हरमटारीमा होटल ब्यवशाय गर्देै आएका ४५ वर्षिया अम्गाई गत मंसिर १९ गते छिमेकीको बिहेमा चितवन गएका थिए ।

चितवनबाट जन्ति सँगै नफर्किए पछि परिवारले खोजी गरिरहे पनि पत्तो लागेको थिएन । उनले अन्तिम पटक मंसिर १९ गते घरमा फोन गरेर आफु दाशढुंगामा रहेको बताएपछि मोवाईल स्विच अफ भएको थियो ।

सम्पर्क नहुँदा झण्डै दुई साता सम्म परिवारले चितवन प्रहरीको सहयोगमा खोजी गर्दा भेट्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्