| आइतवार, कार्तिक २२, २०८३

गोरखाको अजीरकोटमा छोरीको घरमा आमाको रहस्यमय मृत्यू

गोरखाको अजीरकोट गाउँपालिका ५ कुसुण्डेस्थित कुमारी नेपालीको घर नजिकै उनकै आमाको शव भेटिएको छ ।

रहस्यमय ढंगले मृत्यू भएकी अजीरकोट गाउँपालिका ४ पोखरीडाँडा निबासी दूरमाया नेपालीको शव सोमबार बिहान छोरीको घर आसपासमा भेटिएको प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

मेला हेरेर फर्केका सुनील नेपालीसंग झगडा भएको केही बेरमा शव भेटिएकाले थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको डिएसपी शर्माले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्