
गोरखामा बिप्लवका दुई कार्यकर्ता पक्राउ
नेत्रबिक्रम चन्द ‘बिप्लवका’ समुहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।
कास्कीका २७ वर्षिय गोकुल पराजुली र रुकुमका ३२ वर्षिय जिबन क्षेत्रीलाई गोरखा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध अन्र्तगत मुद्धा दर्ता गराएको डिएसपी मित्रबन्धु शर्माले बताए ।
गोरखा नगरपालिका १३ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पराजुली स्याङ्जा जिल्ला इन्चार्ज र क्षेत्री सदस्य रहेर काम गर्दै आएको दावी प्रहरीको छ ।
यस अघि पनि बिभिन्न समयमा विप्लपका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गर्दै आएको छ ।




