| आइतवार, कार्तिक २२, २०८३

काशिगाउँमा एक्साभेटर पुरियो

 

बुधबार दिउँसो सुख्खा पहिरो जाँदा धार्चे गाउँपालिका ६ काशिगाउँमा एक्साभेटर पुरिएको छ । बुधबार दिउँसो चार बजे गएको सुख्खा पहिरोका कारण भाजुरत्न प्रालिको बा ३ क ३४४७ नंबरको एक्साभेटर पुरिएको प्रहरीले जानकारी दिएको छ ।

काशिगाउँको आयुखोलामा बाटो खन्ने क्रममा माथिबाट आएको पहिरोका कारण एक्साभेटर पुरिएको र चालक भागेर बाँच्न सफल भएको प्रहरी नायव उपरिक्षक मित्रबन्धु शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्