| बिहिबार, बैशाख ६, २०८१

गोरखा बजारका तीन घरमा चोरी

गोरखा सदरमुकामको दुईवटा घरबाट करीव ५ लाख रुपैया बराबरको गरगहना र धनमाल चोरी भएको छ ।
गोरखा नगरपालिका वडा नम्वर ६ धनुबासेका धु्रव भट्ट र शारदा लमिछानेको घरमा बुधबार साँझ चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भट्टको घरबाट रानीहार, सिक्री र औंठी गरी तीन तोला सुनका गहना चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भट्टकै छिमेकी शारदा लामिछानेको घरबाट पनि एकथान आइप्याड चोरी भएको छ ।
दुबै परिवार माथिल्लो तल्लामा रहेको भान्छामा ब्यस्त भएका बेला तल्लो तल्लाबाट गरगहना र आइप्याड चोरी भएको प्रहरीले जनाएको छ ।
साँझ करीव साढे ५ वजेतिर दुबै घरमा चोरी भएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । चोरी गर्ने ब्यक्तिले घरेलु हतियार पनि बोकेको भट्टको भनाइ छ । गहना राखिएको बट्टाहरु घर नजिकैको बाँसको झ्याङमा फालिएको अबस्थामा फेला पारेको उनले बताए ।
यसअघि सदरमुकामको एक इलेक्टिूक पसलमा पनि सम्झाँझै चोरी भएको थियो ।
चोरीमा संलग्नको पहिचान र पक्राऊको प्रयास भैरहेको एसपी अधिकारीले बताए । अपराध अनुसन्धानको परिणाम छ्टिटै
निस्कने र त्यसको जानकारी दिने पनि एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्