
दबदबेको रुखबाट लडेर महादेवटारमा एकजनाको मृत्यू
दबदबेको रुखबाट लडेर गोरखा महादेवबाटारमा एक जनाको मृत्यू भएको छ ।
भीमसेन थापा गाउँपालिका ८ महादेवटार निबासी ४१ बर्षका रामजी दराईको बिहिबार बिहान ११ बजे रुखबाट लडेर घटनास्थलमा नै मृत्यू भएको वडा अध्यक्ष बासु थापाले जानकारी दिए ।
दराई चढेको दबदबेको रुख नै भाँचिएर दुर्घटना भएको अध्यक्ष थापाले बताए । नेपाली सेनाको जागिरबाट हालै मात्र पेन्सनवाला आएका थिए ।




