| आइतवार, कार्तिक २२, २०८३

ल्हो गाउँको तीन घरमा आगलागी, दुई घर जलेर नष्ट

चुमनुब्री गाउँपालिका २ ल्होमा बिहिबार भएको आगलागीमा परी दुई घर जलेर नष्ट भएको छ । अर्को एक घरमा सामान्य क्षति भएको छ ।

बिहान नौ बजेबाट सुरु भएको आगलागीमा चुमनुब्री गाउँपालिका २ ल्हो गाउँ निबासी नोर्बुतासी लामा र घ्याच्चो लामाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अर्का छेवाङ रेञ्जिङको घरमा भने आंशिक क्षेति भएको वडा अध्यक्ष पेम्बारेता लामाले जानकारी दिए । ‘बिहान साँढे नौ बजे, १० बजेतिर आगालागी भएको हो’, उनले भने, ‘गाउँले र प्रहरी मिलेर दिउसो तीन बजेतिर आगो निभायौं ।’ नोर्बुतासीको घरमा बालिएका बत्तिबाट घरमा आगो सल्किएको वडा अध्यक्ष लामाले बताए ।

आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, नगद, भाँडाकुँडालगायत सम्पूर्ण चल अचल सम्पत्ति नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्