| शनिबार, कार्तिक २, २०७६

हराएका मोबाइल खोज्दै प्रहरी

 

जिल्ला प्रहरी कार्यालय गोरखाले हराएका मोवाइल खोजी गर्ने कार्यलाई तिब्रता दिएको छ ।

छुट्टै इकाइ स्थापना गरी हराएका मोबाइल खोज्ने कामलाई प्राथमिकता दिएको प्रहरीले जनाएको छ ।

यसैक्रममा हराएका पाँचथान मोबाइल शुक्रबार पनि सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयमा स्थापना भएको हराएका सामाग्री खोजी गर्ने इकाईले हराएका पाँच थान मोवाइल फेला पारेको हो ।

यसअघि पनि प्रहरीले पाँच थान मोवाईल फेला पारेर सम्बन्धित धनीलाई उपलब्ध गराएको थियो । कार्यालयमा मोवाइल हराएको निवेदन आउने क्रम बढेकाले खोजीलाई पनि तिब्रता दिएको प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए । चार बर्ष अघि देखिको निवेदनको सुनुवाईका लागि इकाई मार्फत खोजतलासलाई तिब्रता दिएको उनको भनाई छ । आईएमईआई नम्बरको आधारमा प्रहरीले हराएका मोवाइल खोजी गर्ने भएकाले आईएमईआई नम्बर सुरक्षीत राख्न उनले सुझावदिए ।

प्रतिक्रिया दिनुहोस्