| आइतवार, कार्तिक २२, २०८३

बाख्रा चराउन गएका बालक खोलमै बेपत्ता

बुढिगण्डकीमा डुबेर बेपत्ता

चुमनुब्री गाउँपालिका ३ जगतमा बुढिगण्डकी नदीले बगाएर एक मजदुर बेपत्ता भएका छन् ।

आरुघाट लार्के सडक निर्माणमा खटिएका नेत्र बहादुर सार्कीलाई शुक्रबार दिउँसो पौन एक बजे बुढिगण्डकीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
कामको सिलसिलामा ट्युवको सहायतामा नदी पार गर्ने क्रममा उनी डुबेका एसपी ओम अधिकारीले बताए । पश्चिम रुकुम आठबिसकोट नगरपालिका ५ का २३ बर्षिय सार्कीको खोजी भैरहेको उनको भनाई छ

प्रतिक्रिया दिनुहोस्