| आइतवार, कार्तिक २२, २०८३

श्यामहरि घिमिरेको हत्या गरेको याकुव परियारद्वारा स्वीकार

गत साउन २८ गते बिहान जंगलमा मृत अबस्थामा फेला परेका मनकामना बहिरा माविका कर्मचारी श्यामहरि घिमिरेको हत्या आफूले गरेको एक युवाले स्वीकार गरेका छन् । श्रीमतीको हत्या अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका गोरखा नगरपालिका ९ लक्ष्मीबजारका याकुव परियारले घिमिरेको हत्या पनि आफैले गरेको स्वीकार गरेका मृतकका आफन्त सुवास घिमिरेले जान कारी दिए ।

प्रहरी कार्यालयमा बिहिबार विद्यालय प्रशासन, व्यवस्थापन समिति तथा मृतकका आफन्तको सामु परियारले हत्या गरेको स्वीकार गरेका सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिए ।

‘साउन २७ गते राती झाँक्रीको घरमा फुकफाक गरेर फर्कदै गर्दा बत्ती बालेर रोडरोडै आइरहेको मान्छे देखेपछि आक्रमण गरेर मुण्टो बटारेर घिसार्दै जंगलमा फालेको भनेर याकुबले हामी सबैको सामु स्वीकार ग¥यो’, उनले भने । तर प्रहरीले भने औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर आरोपीलाई सार्वजनिक गर्ने जनाएको छ । ‘आरोपी पत्ता लागेको छ, हामी औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौं’, जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले भने ।

यसअघि २० बर्षीय याकुव परियार श्रीमती पूजा परियारको हत्या गरेको आरोपमा भदौ १ गते पक्राउ परेका थिए । मानसिक अबस्था ठिक नभएका उनी गत छ दिनदेखि प्रहरी नियन्त्रणमै छन् ।

यसअघि बिहिबार दिउसो कर्मचारी श्यामहरि घिमिरेको मृत्युको निष्पक्ष छानविन गर्न दबाब दिदै स्थानीय बासिन्दाले दबाबमुलक कार्यक्रम गरेका छन् । निष्पक्ष छानविनका लागि दबाब दिन गठन भएको संघर्ष समितिको आयोजना मा बिहिबार खोलखोले देखि लोक तान्त्रिक चोकसम्म ¥याली निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्