| मङ्लबार, भदौ ३, २०७६

गोरखाका मनकामना बहिरा विद्यालयका कर्मचारीको रहस्यमय मृत्यू

 

गोरखा नगरपालिका- १० टक्सारमा रहेको मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको शव विद्यालय नजिकैको जंगलमा भेटिएको छ। सोमबार रातिदेखि सम्पर्कबिहीन घिमिरेको शव मंगलबार बिहान आठ बजे जंगलमा भेटिएको प्रहरीले जनाएको छ।

विद्यालय परिवार, स्थानीयबासी र प्रहरीको सक्रियतामा सडकबाट करिब सय मिटर तल जंगलमा शव भेटिएको एसपी ओम अधिकारीले जानकारी दिए।’शव पोष्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको छ।

करिब ५० वर्षका घिमिरे विद्यालयका सहायक कर्मचारी हुन्। सोमबार राति ९ बजेतिर विद्यालयको काम सकेर टक्सारस्थित घर जान निस्किएका तर बिहानसम्म घर नपुगेपछि खोजि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्